फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-टीकाराम घिमिरे

(GMT+08:00) 2013-10-31 09:16:09

फामन मन्दिरको गर्भगृहमा हामीले गौतम बुद्धको हातको साइली औंलाको अवशेष भन्ने विश्वास गरिएको अवशेषको अवलोकन गर्यौँ । अग्लो मन्दिर वरपरको क्षेत्रबाट फोटोखिचेर गाउँको विशेषतायुक्र खाना खायौँ । 2 बजे त्यहाँबाट फर्किएर एउटा चिहान हेर्न गयौँ । यो चिहान मोङयाई नाम गरेकी राजकुमारीको चिहान रहेछ । त्यसपछि 4:15 बजे अर्को छेयनलिङ चिहानमा पुग्यौँ । यो ठाउँ चीनको अत्यन्तै मनमोहक र पर्यटकीय स्थल रहेछ । चीनले साँस्कतिक र धार्मिक महत्वका क्षेत्रहरुलाई प्राथमिकताका साथ संरक्षण तथा जिणेद्धार गरेर विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो श्रोतका रुपमा विकास गरेको देखेर आफ्नो देशका जिर्ण मन्दिर, पुरातात्विक स्थलहरुक पनि यसैगरी संरक्षक हुन सके कस्तो हुन्थ्यो होला भन्ने कल्पना गरेँ ।त्यहाँबाट फर्केर बेलुका 7:20 मा क्लयध ज्यतभिमा डिनरको लागि पस्यौँ । चीनमा सानातिना होटलहरु पनि यहाँका ठूला 5 तारे होटलभन्दा स्तरीय हुँदा रहेछन् । क्लयध ज्यतभिबाट खाना खाइसकेर 9:40 मा हामी बस्ने ह्ष्बल झउचभकक ज्यतभि आइपुग्यौँ । त्यसको भोलिपल्ट अर्थात् भ्रमणको 5 औंदिन मा लिंगथुङ भन्ने ठाउँमा पुरातात्विक महत्वको टेराकोटा म्युजियम भ्रमणको लागि हामी 7:15 बजे प्रस्थान गर्यौँ ।  8 बजे त्यहाँ पुगेर अवलोकन सुरु भयो । त्यहाँ ठूल्ठुला भवनहरुको भित्र सिपाहीहरु तथा रथहरुका मूर्ति यसरी सजिएका थिएँ, मानौँ परेड खेल्न तयार सिपाहीहरु छन् । यी मूर्तिहरु आजभन्दा 2200 वर्ष पहिले छिन वंशका सम्राट छिन शि ह्वाङले बनाउन लगाएका थिए । यी मूर्तिहरु माटोबाट बनेका हुन् । यहाँ करिब आठ हजार मूर्तिहरु रहेछन् । तर यहाँका मूर्तिहरुमा हरेकको अनुहार कसैसँग नमिल्ने देखिन्थ्यो । ती मूर्तिहरु जुन ठाउँमा गाडिएका र जसरी रहेका थिए त्यसरी नै सोही ठाउँमा उत्खनन् गरी सजाइएका रहेछन् । संयुक्त राष्ट्र संघको विश्व सम्पदा सूचीमा राखिएको यो ठाउँमा दैनिक हजारौँ पर्यटकहरुको घुइँचो लाग्दो रहेछ । पहिले पढेर थाहा पाएको यो ठाउँको बारेमा आफ्नै आँखाले देखेर अनुभव गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेँ । अब त्यसपछि सम्राट र रानीले नुहाउने पोखरी तथा तातोपानीको मुल हेरेपछि ऋष्तथ ध्बी हेर्न गयौँ । शिआनमा रहेको सिटीवाल पुरानो र ऐतिहासिक पर्खाल थियो जसको माथि कुनै नदीको पुल जस्तै फराकिलो र दुबैतिर बार लगाइएको रहेछ हामी त्यहाँमाथि चढेर धेरै परसम्म फोटो खिच्दै र दायाँबायाँका दुश्यहरु हेर्दै गयौँ । प्राचिन समयमा सहरलाई सुरक्षित राख्न यो पर्खाल शासकवर्गले नै बनाएका थिए भनेर मिस्टर फेंगले चिनियाँ भाषामा भनेको कुरा केशरी दिदीले नेपाली भाषामा सुनाउनुभयो । साँझ 4:15 बजिसकेको हुनाले हामीलाई पैचिंगको लागि प्रस्थान गर्न हतार परिरहेको थियो । त्यसैले होटलमा फर्कियौँ र खाना खाएर रेल स्टेशनतफ बढ्यौँ । 5 बजेतिर स्टेशनमा पुगिसकेका थियौँ । 7:20 मा हामी टे्रनद्धारा पैचिंगका लागि प्रस्थान गर्यौँ । मिस्टर फेंगले हामीलाई बिदाइका हातहरु हल्लाउनुभयो र हामी पनि हात हल्लाउँदै शिआनलाई ओझेल पार्दै गयौँ ।अत्यन्तै सुविधाजनक र आकर्षक रेलको यात्रा मेरो लागि दोस्रो रेलयात्रा थियो तर पहिलो यात्राको मलाई अनुभव थिएन किनकी सो यात्रामा म अबोध बालक थिएँ रे । अध्याँरो निस्पट्टै भइसकेको थियो ।

        


1 2 3 4 5 6 7 8 9 10 11
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह