फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-टीकाराम घिमिरे

(GMT+08:00) 2013-10-31 09:16:09

         तर त्यतिका धेरै सवारी हाम्रा लागि आश्चर्य नै थियो । भित्री सडकका खुला पेटीहरुमा चिनियाँहरुको बेलुकाको सामूहिक खानपिनले हामीलाई पनि लोभ्याइरहेको थियो । ती दृश्यहरु हेर्दै हामी केशरी मैयाँ र फाङ्ग दिदीको पछि लाग्दै पुन: होटेलमा स्थानीय समयानुसार 9:45 बजे आइपुग्यौँ र हामी सबै आ-आफ्नो कोठामा आरामको खोजीमा लाग्यौँ, भोलिको यात्राको रुटीन पाएर बिछ्यौनामा पुगेर मैले बिहानदेखिको हाम्रो यात्राको अवलोकन गरेँ अनि महत्वपूर्ण कुराहरुलाई डायरीमा टिपेँ र रातको 11:15 बजे सुतेँ । बिहान 6:00 बजे नै टेलिफोनको घण्टी बज्यो । नजिकै भूपाल श्रेष्ठ अर्को बेडमा मस्त निद्रामा हुनुहुन्थ्यो। मैले फोन उठाएँ( केशरी दिदीको उर्दी थियो, छिटै यात्राका लागि तयारी हुन । हामी दुवै उठेर हतारहतार प्रभातीय नित्यकर्म सिध्याएर तल झर्यौँ र सबै भेला भएर आ-आफ्ना खाजाका बट्टा बोकेर गाडी चढ्यौँ ।आजको हाम्रो यात्रा छङ्दूबाट करिब 200 किलोमिटर दक्षणि पश्चिममा पर्ने औंमेइसान र लेसान जस्ता नामी बौद्ध तीर्थस्थलको भ्रमण रहेको थियो । नेपाली समय 5:15 र स्थानीय समय 7:30 भई सकेको थियो । अब हाम्रो यात्रा अगाडि बढ्यो । चालकसहित जम्मा 8 जनाको टोली थियो हाम्रो भ्रमणमा ।आज गाडी मै यात्रा सँगसँगै खाजा खाने योजनानुरुप हामी खाजा खान थाल्यौँ रमाइला दृश्यहरुको मनोरञ्जनसँगै यात्रामा गाडीको गति अत्याधिक हुन्थ्यो, प्रतिघण्टा 120 किलोमिटर । तीब्र गति र दाहिने साइडबाट हुइँकिदा विपरीत दिसाबाट आएको गाडीमा ठोकिएला जस्तै लाग्थ्यो र मनमा चीसो भइरहन्थ्यो । बाटोमा छाङसौ, पैसाङ, च्याच्याङ, लगायत अन्य जिल्लाहरु पारगरेर 11:10 मा औंमेइ जिल्ला पुग्यौँ । त्यहाँ औंमेइसान म्युनिसिपल सेन्ट्रल ब्रोडकास्टिङ एण्ड टि.भि. सेन्टरको कार्यालयमा पुगेर सम्बन्धित अधिकारीहरुलाई लिएर भ्रमणमा अगाडि बढ्यौँ । अलिपर पुगेपछि आकर्षक ड्रयागन देखियो । अझ अगाडि हामी ओर्लियौँ त्यहाँ एउटा आकर्षक गेट थियो । त्यसको अगाडि बाटाको किनारमा एउटा पार्क थियो । त्यहाँ एउटा ठूलो-अग्लो ढुङ्गामा चिनियाँ भाषामा "संसारको नामी पहाड" भनेर पुराना चिनियाँ साहित्यकार क्वो मोरोको आफ्नै हातले लेखेको ढुङ्गाको छेउमा फोटो खिच्ने काम गरियो । अनि हामी सोही गेटबाट भित्र गएर औंमेइ पहाडमा रहेका बौद्ध धर्मका विभिन्न मन्दिरहरुको दर्शन गर्यौं ।

       


1 2 3 4 5 6 7 8 9 10 11
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह