फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-टीकाराम घिमिरे

(GMT+08:00) 2013-10-31 09:16:09

        मन्दिरको आँगनमा यहाँ पशुपतिकै जसरी बाँदर पनि खेलिरहेका थिए तर ती बाँदरहरु सुनौलो रौँ भएका थिए। हामी केही क्षण त्यहाँ घुमफिर गरेर फर्कियौँ र टि.भि. ब्युरोका प्रमुख लगायत अन्य कर्मचारीहरुका साथ टि.भि. ब्युरो नजिकैको एउटा रेष्टुराँमा दिवा भोजमा सामेल भयौँ । भोज सिध्याएर फोटो खिचेर टि.भि. ब्युरोमा गयौँ । त्यसपछि ब्युरोको कार्यालय भवनमा हामीलाई उपहार प्रदान गरियो र फोटो खिचाइयो । त्यसपछि 1:00 बजे हामी लोश्याङ शहरतफ प्रस्थान गर्यौँ ।चीनकै ठूलो र ऐतिहासिक तातुनदीको किनारमा अवस्थित यो शहर सानै थियो तर ऐतिहासिक र धार्मिक विशेषता बोकेको थियो । अध्यक्ष माओले सामन्ती शासकको विरुद्ध थाल्नुभएको यलन :बचअज (लामो अभियान) ताका वीर योद्धाहरुका साथ पौडेर पारगर्नु भएको नदी तातुनदी मा स्टिमरबाट प्रवेश गर्यौँ । अलि तल पुगेपछि नदीको पारी पटिको पहाडमा अजङ्गको बुद्धको मूर्ति जसलाई पहाडको चट्टान कुँदेर बनाइएको रहेछ, नदी बीचबाटै हेर्यौँ ।त्यो मूर्ति रहेको पहाडलाई लेसान भनिदो रहेछ । त्यो पहाडको विशेषता कस्तो थियो भने एउटा पुरुष मान्छे उत्तानो परेर सुत्दा जस्तो आकृति बन्छ त्यस्तै आकृति रहेछ । त्यसमा कुँदिएको बुद्धको मूर्ति 70 मिटर अग्लो र 38 मिटर जति चौडा तथा त्यसको एउटा खुट्टामामात्र 10 जना जति मानिस एकैसाथ उभिन सक्ने फराकिलो रहेछ । त्यो मूर्तिलाई पर नदीको बीचबाटै अवलोकन गरेर हामी फर्कियौँ । किनकि हामीलाई छङदू आइपुग्न धेरै टाढा थियो, समय 2:00 बजिसकेको थियो । श्रीमती फाँगले फर्कदा बाटोमा पर्ने छाङसौ जिल्लाको एउटा शहरमा रात्रिखानाको व्यवस्था भइसकेको हुनाले हामीलाई धेरै समय नरहेको कुरा हाम्रो दोभाषको रुपमा रहनुभएकी दिदी केशरी मैयाँले हामीलाई बताउनु भएपछि हामीले पनि बढी घुम्ने ढिपी गरेनौँ । 2:10 मा हामी त्यहाँबाट फर्कियौँ । अत्यन्तै वेगमा गाडी अगाडि बढ्यो । बेलुका 5:15 मा छाङसौ पुग्दा त्यहाँ स्थानीय रेडियो टि.भी. सेन्टरका उपप्रमुख हाम्रो स्वागतार्थ प्रतीक्षरत थिए । उहाँले हामीलाई एउटा भव्य होटलतिर लग्नुभयो । त्यहाँ हाम्रो रातीको खाना तयार थियो । चिनियाँ विशेषतायुक्त परिकारहरुको स्वादमा हामी करिब 1.30 घण्टा रम्यौँ र 6.35 बजे हामी त्यहाँबाट बिदा भएर छङदूतफ लाग्यौँ ।

         


1 2 3 4 5 6 7 8 9 10 11
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह