फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो चिनियाँ कथा-टीकाराम घिमिरे

(GMT+08:00) 2013-10-31 09:16:09

          त्यसको भोलिपल्ट 31 अक्टोवरको दिन हाम्रो यात्रा चीनका सहरहरुमध्ये सबैभन्दा कान्छो शहर तथा विशेष आर्थिक क्षेत्र सन्चन पुग्ने कार्यक्रम रहेको थियो । बिहान 8 बजे खाजा खाएर हामी 8:30 बजे सन्चनका लागि पैचिंग अन्तर्राष्टि्रय विमानस्थल तफ लाग्यौँ । आजको भ्रमणमा भने सुहाउ पनि हामीसँगै हुनुहन्थ्यो, जो नेपाली विभागका पत्रकार हुनुहुन्छ । ऋजष्लब ल्यचतजभचल को प्लेनबाट 9.00 बजे प्रस्थान गर्यौँ र 1:40 मा हामी सन्चन अन्तर्राष्टि्रय विमानस्थल पुग्यौँ । हामी बस्ने होटलको नाम थाहा भएकोले गाडीमा चढेर सोझै न्चबलम क्पथष्निजत ज्यतभ पुग्यौँ । हामीलाई एयरपोर्टमा कुर्दाकुर्दा नभेटेर सन्चन रेडियो टि.भी ब्युरोको प्रतिनिधि मिस चाङपनि सोही होटलमा आउनुभएको रहेछ । उहाँसँग भेट भयो र हामीलाई सोही होटलको 16 औं तल्लामा रहेका आफ्ना कोठामा पुर्याइयो । यो होटल 40 तल्ला भएको होटल हुनाले हामीलाई धेरै अग्लो लाग्यो । भूईबाट त्यसको टुप्पातिर हेर्दा मानौँ एउटा अग्लो टावर हो जस्तो लाग्थ्यो । कोठा नं. 1604 मेरो कोठा थियो । 3:45 बजे खाना खाएर हामी सन्चन शहर घुम्न निस्कियौँ ।चीनका सहरहरुमध्ये सबैभन्दा कान्छो शहर भएर पनि यसले गरेको विकास देखेर हामीलाई आश्चर्य लाग्यो । त्यहाँका घरहरु प्राय: 30 देखि 60 तल्लासम्म अग्ला रहेछन् । समुद्री किनारमा रहेको सहर हुनाले नहर 9 ऋबललभि हरुको जालो नै शन्चन भरी फैलिएर यातायातको सुविधा पुगेको रहेछ । सन् 1989 मा तङ स्याओ फिंगले चीनलाई सुधार र खुलापनको नीति अनुसार विकास गर्ने लक्ष्य लिई यस ठाउँलाई शन्चन विशेष आर्थिक विकास क्षेत्रको रुपमा स्थापना गरिएको रहेछ । त्यसताका चीनमा 5 वटा विशेष आर्थिक विकास क्षेत्रको स्थापना गरिएको थियो । हामी शन्चन पुग्दा त्यस शहरको स्थापना भएको 18 वर्षमात्र भएको थियो तर त्यसको प्रगति अब्बल दर्जाको थियो । हामी सन्चन घुमेर 7:45 बजे फर्कियौँ । भोलिपल्ट नोभेम्बर 1 का दिन हामी पुन: केहीबेर सन्चन घुमेर ट्रेनबाट हङकङका लागि सन्चन रेलवे स्टेशन पुग्यौँ । त्यहाँ हामीलाई सि.आर.आई. का केशरी दिदी, सुहाउ तथा स्थानीय प्रतिनिधि चाङले विदाई गर्नुभयो । त्यहाँबाट हङकङ आएर सोही दिन काठमाडौं फर्कने कार्यक्रम थियो । हामी ब्यागेज चेक गराउने ठाउँमा लाइन लागिरहेका थियौँ । पालैपालो कृष्ण सर, सुलोचना म्याडम, प्रकाशजी, भूपालजीलाई प्रवेश दिइयो तर मलाई त्यहाँ रोकियो । करिब आधा घण्टा रोकेपछि हामीले आफ्ना कुरा प्रष्ट राखेपछि छोड्यो । कुरा के थियो भने समूहमा म मात्र जुँगा भएको व्यक्ति थिएँ । उनीहरुले मलाई पाकिस्तानी नागरिक भनेर रोकेका रहेछन् । हाम्रो टे्रन झण्डै छुटेको ।

        


1 2 3 4 5 6 7 8 9 10 11
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह