चिनियाँ राष्ट्रिय जन-कांग्रेस व्यवस्था चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था---चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक सम्मेलन पाँच तारिखका दिन पेइचिंगमा शुरु भयो। चिनियाँ जनताको राजनीतिक जीवनमा यो ठूलो कुरा हो। चीनको संविधानअनुसार, मुलुकको सबै अधिकार जनतामा निहित हुन्छ। जनताले मुलुकको अधिकार प्रयोग गर्ने कार्यालय चिनियाँ राष्ट्रिय जन-कांग्रेस र क्षेत्रीय विभिन्न तहका जन-कांग्रेस हुन।
| चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनबारे चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग तथा राजनैतिक परामर्शको महत्वपूर्ण संस्था हो जुन समाजवादी प्रजातन्त्रको प्रचार-प्रसार गरिने महत्वपूर्ण तरिका पनि हो। त्यस सम्मेलनले चीनको राजनैतिक जीवनमा नभईनहुने भूमिका निर्वाह गर्दछ। चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय समिति तथा स्थानीय समिति छन।
|